अर्घाखाँचीमा ८५ वर्षकाले छोरा जन्माए
(२०७१ आषाढ १२, विहीवार)
चिदिका, अर्घाखाँची । ८५ वर्षको उमेर कस्तो होला । गाला चाउरी परेका, दाह्री कपाल सेतै, शरिर कुभ्री परेर शिथिल जस्तै । यो उमेर त पनातिपनातिनी खेलाएर बस्नुपर्ने हो तर चिदिका मौलीपोखराका पदमपाणी खनाल ८५ वर्षको उमेरमा छोराको बाउ बनेका छन । श्रीमती कमलाले शुक्रवार छोरा जन्माईन् । ४० वर्षकी कमला उनकी कान्छि श्रीमती हुन ।
बुढेशकालमा पुत्रलाभ भएपछि खनाल परिवारमा खुसीयाली छ । जन्मेको छोरा मेरै हो, पदमपाणीले भने, मर्ने बेलाको खुसी हो यो, हाम्रो ईच्छा पुरा भयो । उमेर छदा छोरा जन्माउन निकै मेहनत ग-यौं सोचे जस्तो भएन् । आशा गरेका थियौं तर हरेस खाएनौ, उनले भने, ख्यालख्यालमै गरेको मेहनत अहिले खेर गएन्, १३ वर्षदेखीको मेहनत हो यो । छोरा छ की छोरी भनेर डाक्टरसँग गर्व जाच पनि उनले गराएनन् । कमलाबाट जन्मिएकी छोरी पुजा १३ वर्षकी भईन । उनले कक्षा ७ मा पढछिन ।
कोखबाट जन्मिएको छोराप्रति कमला महत्वकांक्षी अपेक्षा राख्छिन । बुढेशकालमा जन्मेको मेरो छोरो ठुलो मान्छे बन्छ, उनले दावी गरिन, प्रधानमन्त्री बनाउने मेरो ईच्छा छ । धेरैजसो प्रधानमन्त्री गाउँका गरिबकै छोरा भएका छन, मेरो छोरा पनि हुन्छ, उनले दावी गरिन ।
छोरा हेर्न र उनलाई भेटन आउनेको घुइचो लागेको छ । श्रीमती ४० वर्षकी भएपनि ८४ वर्षको बुढाबाट गर्व रहेकोमा अचम्म लागेको छ, छिमेकी शिक्षक खुमानन्द अर्यालले भने, गाउँमा यस्तो अहिलेसम्म भएको थिएन ।
२१ वर्ष अघि श्रीमतीको भिरबाट लडेर मृत्यु भएपछि साहारा विना बस्न नसकेपछि उनले दोस्रो विवाह गरे । पहिलो श्रीमतीबाट जन्मिएका एक छोरा र तीन छोरी मध्ये दुई छोरीको गाडी दुर्घटनामा मृत्यु भएको छ । ४० वर्षका उनका जेठा छोरा खजराज बुटवलमा व्यापार गर्छन । उनी ५ नातिनातीनाका हुजुर बा भैसकेका छन । खगराजका तीन छोरा र एक छोरी र छोरीका दुई सन्तान छन । उनीहरु उच्च शिक्षा पढछन् । खेती किसानमै जीवन बिताएका पदमले अहिले पनि घास, दाउरा काटने, खेतीपति गर्ने जोश हराएको छैन । अलि काना सुन्दैन, उनी भन्छन, घास काट्ने बोक्ने, भैसीको गोबर फाल्ने देखी सबै काम विस्तारै गर्छु । दोस्रो विवाह पनि बाध्यताले गरेको दावी गरे । छोरा त जन्मियो तर उसलाई उच्च शिक्षा सम्म पढाउने उनलाई खासै चिन्ता छैन । कान्छो भाईलाई खगराजले नै सहयोग गर्नेमा उनी विश्वस्त छन् । जेठो छोराले घरखर्चको लागि पैसा पठाईदिने र माया गर्ने उनले बताए ।
पदमसँगैका दौतरीहरु अहिले जीवित छैनन् । धेरैजसो ५० देखी ७० वर्षको उमेरमै मरिसके । उनी भने युवा उमेरमै जस्तै काम गर्न सक्छन् ।
बच्चाको लागि उमेरले छेक्दैन, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.कृष्णहरि सुवेदीले भने, गर्व रहन सक्छ, त्यो मान्छेको व्यक्ति विशेषमा पनि भर पर्छ, कसैको छिटै सुक्रकिट निष्कृय हुन्छ कसैको सक्रिय भैरहन्छ । बुवाआमाको उमेर बढी भएर जन्मेको बच्चाको स्वास्थ्य स्वस्थ्य नहुन सक्ने भएकाले खानपिन र स्याहार सुसारमा ध्यान दिनुपर्ने उनले बताए ।
प्रधानमन्त्री कोइरालालाई क्यान्सर भएको पुष्टि, दुईसाता अमेरिकामै रहने
१२ असार, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ । उपचारका लागि प्रधानमन्त्रीले अझै दुईसाता अमेरिकामै रहनुपर्ने भएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित स्लोन मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गराइरहेका कोइरालालाई चिकित्सकहरुले रेडियोथरेापी गर्न सिफारिस भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक कबिरनाथ योगीका अनुसार दमका कारण कोइरालाको फोक्सोको ठूलो शल्यक्रिया गर्न मिल्दैन । रेडियोथरेापी शुक्रबारबाट सुरु हुनेछ ।
फोक्सोमा सेतो दाग देखिएपछि कोइराला अघिल्लो सोमबार उपचारका लागि अमेरिका गएका थिए । अमेरिकामा प्रधानमन्त्री कोइरालाको रेडियोथेरापी दुई सातासम्म चल्ने भएकाले अबको दुई साता नेपाल र्फकने अवस्था नरहेको सूत्रहरुले बताएका छन् ।
बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक
यसैवीच नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जनाएका छन् ।
पदाधिकारी बैठकमा उपसभापति पौडेलले प्रधानमन्त्री कोइराला र उनका निजी चिकित्सक डा. करबीरनाथ योगीसँग बिहीबार बिहान भएको टेलिफोन सम्बाद र कोइरालाको स्वास्थ्य स्थितिबारे अवगत गराएको बडूद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Fida | Timro Chanchale Rupale – Janma Rai | New Nepali Pop Song 2014
Fida | Timro Chanchale Rupale – Janma Rai | New Nepali Pop Song 2014
मिलन पछी बिछोड माया मा हुदो रहिछ adhunik song 2014 MP4
मिलन पछी बिछोड माया मा हुदो रहिछ adhunik song 2014 MP4
Timilai Paune Aashma by Puskal Sharma and Devi Gharti | Nepali LOK GEET 2071
Timilai Paune Aashma by Puskal Sharma and Devi Gharti | Nepali LOK GEET 2071
Baje ko Pala Ma – New Nepali Teej Song 2071.mp4
Baje ko Pala Ma – New Nepali Teej Song 2071.mp4